साफ यू-२० को खेल तालिका सार्वजनिक

साफ यू-२० को खेल तालिका सार्वजनिक

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू–२० पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ।

साफ यू–२० च्याम्पियनसिप माल्दिभ्स आयोजना हुँदैछ। साफले बुधबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले चैत्र ९ गते उद्घाटन खेलमा भुटानको सामना गर्नेछ।

त्यस्तै नेपालले चैत्र ११ मा श्रीलकाको र चैत्र १३ गते माल्दिभ्सको सामना गर्नेछ।
प्रतियोगितामा कूल ७ टोलीले सहभागीता जनाउँदै छन्। प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र माल्दिभ्ससँग नेपाल,

श्रीलंका र भुटान रहेका छन् भने समूह ‘बी’मा भारत, पाकिस्तान र बंगालदेश रहेका छन्।

प्रतियोगिता मार्च २३ देखि सुरु भएर अप्रिल ४ मा सकिनेछ।