काठमाण्डु – साफ महिला फुटसल च्याम्पियनसिपमा नेपालले शनिबार भारतसँग प्रतिस्पर्धा गर्दैछ।
थाइल्याण्डमा जारी च्याम्पियनसिप अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दिउँसो पौने ४ बजे भारतसँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले यसअघि बिहीबार भएको खेलमा माल्दिभ्समाथि ५–० गोलको जित निकालेको थियो ।
पहिलो खेलमा भने नेपाल श्रीलंकासँग २–२ गोलको बराबरीमा रोकिएको थियो। नेपाल अपराजित यात्रा जारी राख्ने गरी भारतविरुद्ध मैदान उत्रिन लागेको हो ।
यसअघि शुक्रबार सम्पन्न खेलमा पुरुष टोलीले श्रीलंकालाई पराजित गरेको छ । श्रीलंकालाई २–० गोलले पराजित गर्दै नेपालले साफ पुरुष फुटसल च्याम्पियनसिपमा विजयी शुरुवागत गरेको हो। पुरुष टिमले पनि आइतबार भारतसँग खेल्ने तालिका छ।




प्रतिक्रिया