यू-१७ साफ महिला च्याम्पियनशिपमा नेपाल र भूटान खेल्दै

यू-१७ साफ महिला च्याम्पियनशिपमा नेपाल र भूटान खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले शुक्रबार भूटानसँग खेल्दैछ । खेल भूटानको चाम्लिमिथाङ रङ्गशालामा नेपाली समयअनुसार साँझ सवा ६ बजे शुरु हुनेछ । प्रतियोगिताको पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् । डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।

नेपालले भदौ ११ गते बङ्गलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने छ । डबल राउन्ड रोबिन लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । प्रतियोगिता आउदो अगस्ट ३१ तारिखसम्म चल्ने छ ।