साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल र श्रीलंका खेल्दै

साफ यू-२० महिला च्याम्पियनसिपमा नेपाल र श्रीलंका खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – साफ यू-२० महिला च्याम्पियनसिपको डबल राउन्ड रोबिन लिगमा नेपालले श्रीलंकासँग बिहीबार दोस्रोपटक खेल्दैछ। मंगलबार भएको खेलमा श्रीलंकाविरुद्ध नेपाल ७-० ले विजयी भएको थियो।

खेल बंगलादेशको बसुन्धरा स्पोर्ट्स मैदानमा नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुनेछ।

नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-२ ले पराजित भएको थियो।

श्रीलंकाले पहिलो खेलमा बंगलादेशसँग ९-१ को फराकिलो हार बेहोरेको थियो। दोस्रो खेलमा भुटानसँग ५-० को हार बेहोरेको थियो।

प्रतियोगितामा बंगलादेश ३ खेलमा ९ अङ्कसहित शीर्ष स्थानमा छ भने ३ खेलमा ६ अङ्क जोडेको नेपाल दोस्रो र ३ अङ्क भएको भुटान तेस्रो स्थानमा छ।

चार टोली सहभागी च्याम्पियनसिप डबल राउण्ड रोबिन फर्म्याटमा खेलाइएको छ। अन्तिममा धेरै अङ्क जोडेर शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।