साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपालकाे हार

साफ यू–२० च्याम्पियनसिपको फाइनलमा नेपालकाे हार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– साफ यू–२० च्याम्पियनसिपको फाइनल खेलमा नेपालले हार बेहोरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइन खेलमा नेपाललाई ४–१ ले पराजित गर्दै बंगलादेशले साफ यू–२० च्याम्पियनसीपको उपाधि जितेको हो ।

बंगलादेशले पहिलो हाफको इन्जुरी समयमा फ्री किक मार्फत गोल गर्दै पहिलो अग्रता लिएको थियाे ।

मिराजुल इस्लामले बंगलादेशका लागि पहिलो अग्रता दिलाएका थिए ।

त्यसपछि ५५औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर र ७१औं मिनेटमा गोल गर्दै बंगलादेशले अग्रतालाई तेब्बर बनाएको थियो । दोस्रो गोल पनि इस्लामले नै गरेका थिए ।

दोस्रो हाफको इन्जुरी समयमा बंगलादेशले थप एक गोल गरेको थियो । नेपालका समिर स्याङताङले खेलको ८१औं मिनेटमा एक गोल फर्काएका थिए ।