साफ यू-१७ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

साफ यू-१७ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ । मुख्य प्रशिक्षक सञ्जित सिंहले च्याम्पियनसिपका निम्ति २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शनिबार नै टोलीको नाम सार्वजनिक गरेको थियो । टोलीको गोलकिपरमा पेम्बा नोर्बु भोटे, राम बोहोरा र विशेष बानियाँ छन् ।

रक्षकमा प्रशान्त मोक्तान, दीपेन कार्की, धीरज रावल, आदित्य रानामगर, भुवन कामी, अनमोल कार्की, मौसम रोकाया र अनोज खड्का छन् ।

मिडफिल्डरमा प्रशान्त म्याङ्बो, राम थामी, कृष्त भण्डारी, प्रतिश थापामगर, भूपेश लामा, नसिब हेन्जन, सुशान मगर र सुजन स्याङतान छन् ।

फरवार्डमा समीर कुमार, दिग्विजय शाही, निसकुमार श्रेष्ठ र रोहित श्रेष्ठ रहेका एन्फाले जनाएको छ । प्रतियोगिता सेप्टेम्बर १५ देखि १७ सम्म हुनेछ । प्रतियोगितामा नेपाल समूह एमा छ । समूहमा नेपालसँगै बंगलादेश र भुटान छन् ।