साफ यु–२० फुटबलमा आज भारत र माल्दिभ्स खेल्दै

साफ यु–२० फुटबलमा आज भारत र माल्दिभ्स खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपालमा जारी साफ यु–२० फुटबल च्याम्पियनसिपमा आज भारत र माल्दिभ्सबीचको खेल हुँदैछ ।

समुह चरणको यो अन्तिम खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ ।

समुह ‘बी’ मा भारत र माल्दिभ्ससँगै भुटान पनि सेमिफाइनलमा पुग्ने होडमा छ । भारत र भुटानले एक एक खेल जित्दा माल्दिभ्स जितविहीन छ । आजको खेल माल्दिभ्सले जिते समूहका सबै तीन टोलीको समान ३ अंक हुनेछ । यस्तोमा हेड टु हेडको आधारमा सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्नेछ ।

प्रतियोगिताको अर्को समूहबाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् । हिजोको खेलमा बंगलादेशलाई २–१ ले हराएपछि नेपाल समूह विजेता तथा बंगलादेश उपविजेता बनेको छ ।