काठमाण्डु – १७ वर्षमूनीको साफ फुटबल प्रतियोगितामा नेपालले सोमबार श्रीलङ्कासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बेलुकी सवा सात बजे कोलम्बोमा हुनेछ ।
प्रतियोगिता सोमबारदेखि आउँदो असोज ११ गतेसम्म चल्नेछ । समूह एमा रहेको नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्काको सामना गर्न लागेको हो ।
नेपालले असोज १ गते बङ्गलादेशसँग खेल्नेछ । समूह एमा श्रीलङ्का, नेपाल र बङ्गलादेश तथा समूह बीमा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन् । साफ च्याम्पियनसिप खेल्न नेपाली टोली शनिवार श्रीलङ्का गएको थियो ।




प्रतिक्रिया