साफ यु-२० च्याम्पियनसिप : नेपाल फाइनलमा पुग्याे

साफ यु-२० च्याम्पियनसिप : नेपाल फाइनलमा पुग्याे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा पुगेकाे छ ।

आइतबार एन्फा कम्प्लेक्समा भएकाे खेलमा नेपालले भुटानलाई ४-१ गोलले हराएकाे हाे ।

निर्धारित ९० मिजेट १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो ।

पेनाल्टी सुटआउटमा नेपालका लागि राम थापा, अविनाश स्याङ्गतान, सिमान्त थापा, र जियारथ शृखले गोल गरे । भुटानका लागि जेत्सुन दोर्जीले मात्र गोल गरे ।

नेपालका गोलिकपर जियारथ शेखले भुटानका दुई पेनाल्टी बचाउँदै नायक बने ।

नेपालले अब भारत र बंगलादृशबीचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । फाइनल बुधबार हुनेछ ।