साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेश खेल्दै

साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाल र बंगलादेश खेल्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा नेपालले आइतबार बंगलादेशसँग खेल्दै छ ।

भुटानको चाङ्लिमिथाङ रंगशालामा हुने खेल साँझ नेपाली समय अनुसार पौने ६ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशले हालसम्म समान २ खेल खेल्दा १ जित र १ हारको नतिजा निकालेका छन् ।

नेपाल भारतसँग ७-० को फराकिलो अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई २-१ गोलअन्तरले हराएको छ।

बंगलादेशले भुटानलाई पहिलो खेलमा ३-१ ले हराउँदा भारतसँग २-० ले पराजित भयो ।

अगस्ट ३१ सम्म हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र आयोजक भुटान गरी चार टोली मात्र सहभागी छन् ।

प्रतियोगिता डबल राउण्ड रोबिन लिगमा खेलिनेछ र सबैभन्दा बढी अंक जोड्ने टोलीले उपाधि जित्नेछ ।

हाल भारत २ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा छ भने बंगलादेश र नेपालको समान ३ अंक भएपनि गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रोमा छ ।

यस्तै आइतबार नै हुने अर्को खेलमा भारतले भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले अगस्ट २७मा फेरि बंगलादेशसँग खेल्ने छ भने अगस्ट २९ मा भारतसँग प्रतिस्पर्धा गर्ने छ । यस्तै अगस्ट ३१मा नेपालले भुटानसँग खेल्नेछ ।

यस्तो छ नेपाली टोली

झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी बिक, ज्ञान्शु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिन माया श्रेष्ठ, अंशु बिक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना बिक, सहारा लिम्बु, बब्टिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यम कुमारी बिक, अनिता राना मगर, दिक्षा रनपाल।