धनगढी – आसन्न चुनावमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उम्मेदवार बनेर नआएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डडेल्धुरामा सागर ढकालको विकल्प खोज्ने भएको छ ।
रास्वपासम्वद्ध युवाले सागर ढकाललाई उम्मेदवार बनाउन बैठकहरू थालिसकेका बेला निर्वाचन आयोगले कांग्रेसको वैधता विशेष महाधिवेशन पक्षधरलाई दिएपछि देउवा उम्मेदवार नबन्ने चर्चा सुरु भएको छ ।
रास्वपाका युवा नेता निरज भट्टले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यदि शेरबहादुर देउवा डडेल्धुरा जिल्लाबाट चुनाव लड्दैनन् भने सागर ढकालले आफ्नो उम्मेदवारी फिर्ता लिनुपर्छ । ढुक्क हुनुहोस् ।’
डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार भई सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएका डा. तारा जोशीलाई राजीनामा दिन लगाएर रास्वपाबाट उम्मेदवार बनाउनुपर्ने लविङ भित्रभित्रै सुरु भएको छ । उनी उज्यालो नेपाल पार्टी छाडेर हालै रास्वपामा जोडिएका छन् । जोशीलाई डडेल्धुरामा स्थापित र लोकप्रिय नेताको रूपमा चिनिन्छ ।




प्रतिक्रिया