बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए बले

बलात्कारको आरोप लागेपछि ‘पाँच पाण्डव’बाट निकालिए बले

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लगाएपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’बाट निकालिएकाे छ ।

निर्माण कम्पनी कालीरानी फिल्म्स प्रा.लि.ले मंगलबार (चैत २० गते) एक प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लमसाललाई फिल्मबाट हटाउने र उनको ठाउँमा अर्को कलाकार लिएर पुनः छायांकन (रि-सुट) गर्ने निर्णय गरेको हो ।

विज्ञप्ति अनुसार गत चैत २ गतेदेखि झापा आसपासमा चलचित्रको छायांकन भइरहेको थियो । सागर लम्सालको करिब ९० प्रतिशत दृश्यहरू खिचिसकिएको अवस्थामा यो विवाद बाहिर आएको हो । निर्माण पक्षले अब लमसाल संलग्न रहेका कुनै पनि दृश्य चलचित्रमा समावेश नगर्ने र ती सबै दृश्य फेरि खिच्ने स्पष्ट पारेको छ ।

चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार ९० प्रतिशत काम सकिएको कलाकारलाई हटाउँदा फिल्मलाई ठूलो आर्थिक क्षति हुनेछ। यद्यपि, पीडित युवतीको पीडाअघि यो आर्थिक क्षति सामान्य रहेको कम्पनीको ठहर छ।

विज्ञप्तिमा भनिएको छ, ‘जघन्य अपराधमा आरोप लागिसकेका जो कोही व्यक्ति पनि हाम्रो फिल्मको सदस्य हुन सक्दैनन् । पाण्डव जस्तो पवित्र नाम र विषयवस्तुमा आधारित भएर समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले बनिरहेको फिल्ममा आरोपितलाई प्रश्रय दिँदा न्याय प्रक्रियामा प्रभाव पर्न सक्ने खतरालाई मध्यनजर गर्दै सागर लम्सालसँगको सम्झौता आजकै मितिबाट रद्द गरिएको छ ।’