काठमाडौं – पर्यटन विभागले सामाजिक सञ्जालमार्फत पुराना फोटा तथा भिडियोहरु राखेर सगरमाथाको गरिमा घटाउने गतिविधि भएको भन्दै आपत्ति जनाएको छ ।
आइतबार विभागले एक विज्ञप्ति निकाल्दै भनेका छन्, ‘पुराना फोटा तथा भिडियोहरु राखी सगरमाथाको महत्त्व र गरिमालाई होच्याउने, न्यूनीकरण गर्ने मनासय एवम् दुष्प्रचारप्रति यस विभागको गम्भीर ध्यानकर्षण भएको छ ।’
तीन दिनअघि पाकिस्तानका आरोही करिम शाह निजारीले ट्वीटरमार्फत सो तस्वीर सार्वजनिक गरेका थिए । जुन तस्वीरमा एकजना व्यक्तिले शिखरमा हस्तमैथुन गरेर रेकर्ड राखेको दावी गरिएको छ ।
त्यस्तो अश्लील र आपत्तिजनक हर्कत गर्ने व्यक्तिको नाम हग इ रेक्सहुन भनिएको छ । ३६ वर्षीय ती व्यक्ति भर्जिन आइल्याण्डका नागरिक रहेको र उनले विहान ११ बजेर ११ मिनेटको समयमा १२० जनाको सामुन्नेमा सो हर्कत गरेको भनिएको छ ।
सो बारेमा विभागले स्पष्ट रुपमा खण्डन नगरेपनि पुराना फोटो प्रयोग गरेर सगरमाथाको गरिमालाई होच्याउने काम गरेको भन्दै त्यसप्रति संकेत गरेको छ ।
विभागले भनेको छ, ‘आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने विषय भएकोले यस्ता गंभिर विषयप्रति आफ्ना धारणा सार्वजनिक गर्नुपूर्व सवैले ध्यान पु¥याई यस विभागको महत्त्वपूर्ण र संवेदनशील मानिने पर्वतारोहण कार्यमा सबैको सहयोगको अपेक्षा गरेको छु ।’
यो वर्ष मौसम प्रतिकूल भएका कारण बैशाख ३१ गतेदेखि सगरमाथामा डोरी टाँग्ने काम गरेको र बैशाख २ गते कम संख्याका आरोहीले सगरमाथा आरोहण गरेको, बैशाख ७ देखि १० गतेसम्म मौसम अनुकुल रहेपनि बैशाख ७ गते आरोहणको योजना बनाएकाहरु हावाहुरीका कारण चौथो शिविरमै बस्न बाध्य भएको विभागको भनाई छ ।
बैशाख ८ र ९ गते सगरमाथाको चौथो शिविर र त्यो भन्दा माथि केही बाक्लो संख्यामा आरोहीहरु रहेको भएपनि आरोहीहरुको मृत्युको एकमात्र कारण आरोहण मार्गमा रहेको चाप मात्र हो भन्ने धारणाले प्रचार गर्नु दुःखपूर्ण रहेको विभागले बताएको छ ।
विभागका अनुसार यसवर्ष सगरमाथा आरोहणका लागि जाँदा तथा फर्कदा आरोही, शेर्पा, सरदारको मृत्यु तथा हराएकाहरुको संख्या १६ पुगेको छ ।
यसवर्ष हालसम्म ३२ वटा हिमालका लागि १ सय १६ आरोहण अनुमतीपत्रि मार्फत ८ सय ९५ जनालाई हिमाल आरोहणको अनुमतिपत्र दिइएको छ । यस्तै ४४ अनुमतिपत्र मार्फत ३ सय ८१ आरोहीलाई सगरमाथा आरोहणको अनुमतिपत्र दिइएको विभागले जनाएको छ ।




प्रतिक्रिया