काठमाण्डु – दलित समुदायबाट पहिलो पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोही विजय घिमिरे विश्वकर्माको निधन भएको छ ।
सगरमाथा आरोहणका क्रममा लेक लागेर ३६ वर्षीय घिमिरेको आइतबार आधार शिविर क्षेत्रमा निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार सगरमाथाको क्याम्प–१ क्षेत्रमा पुगेका घिमिरे अचानक बिरामी परेका थिए ।
टाउको दुख्ने, श्वासप्रश्वासमा समस्या हुने तथा पेट दुख्ने लक्षण देखिएपछि उनलाई तत्काल आधार शिविरतर्फ फर्काइएको थियो । उद्धारका क्रममा बाटोमै उनको मृत्यु भएको हो ।
ट्रेक नेपाल कम्पनीमार्फत आरोहण अभियानमा सहभागी घिमिरेलाई हेलिकोप्टरमार्फत उद्धार गरी लुक्ला हेलिप्याड ल्याइएको छ ।
सोलुदुधकुण्ड नगरपालिका–७ भित्ताखर्क निवासी घिमिरे दलित समुदायबाट सगरमाथा शिखर चुम्ने पहिलो आरोही हुन् ।




प्रतिक्रिया