सगरमाथाले नेपालको गौरव संसारभर बढायो : प्रचण्ड

सगरमाथाले नेपालको गौरव संसारभर बढायो : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरगमाथा नेपालको पहिचान र गौरव भएको बताएका छन् ।

अन्तराष्ट्रिय सगरमाथा दिवसको अवसरमा शनिवार बिहान राजधानीमा रक्तदान कार्यक्रमको उद्घघाटन गर्दै प्रचण्डले सरगरमाथाले नेपालको पहिचानलाई संसारभर उच्च बनाएको बताए

आरोहणका क्रममा धेरै मानिसहरुले जीवनको उत्सर्ग पनि गरेको बताउंदै आरोहण अभियानबाट प्रकृतिसंग मानिसको सम्वाद वा अन्तक्र्रिया बेजोड रहेको आभाष भएको अध्यक्ष प्रचण्डको भनाई थियो ।

‘नेपाल राष्ट्र र नेपाली जनताको इतिहासमा सगरमाथाले संस्कृति, सभ्यता, एकता र गौरवलाई मात्र होइन विश्वभरिका जनताको एकता र गौरवलाई पनि आफ्नो प्रक्रियामा सामेल गराएको छ,’ अध्यक्ष प्रचण्डले भने । उनले सगरमाथा आरोही संघले मानव सेवा र सामाजिक सेवामा आरोहीहरुको योगदानलाई स्थापित गरेको भन्दै उक्त कार्यको प्रशंसा गरे ।