सर्लाही – सागरनाथ वन विकास परियोजना सर्लाहीमा क्रियाशील कर्मचारी संगठन सरकारले गरेको निर्णयलाई स्वागत गर्दै भंग गरिएको छ ।
नेकपा एमालेनिकट संगठनले नेपाल सरकारको शासकीय सुधार र मितव्ययिता सम्बन्धी निर्णयलाई स्वागत गर्दै संगठनले आफ्नो संगठन विघटनको घोषणा गरेको हो ।
संगठनका अध्यक्ष प्रदीप अर्याल र सचिव युवराज कार्कीले संयुक्त रूपमा सूचना जारी गर्दै सरकारको निर्णयअनुसार कार्यसमिति भंग गरिएको जानकारी दिएका छन् ।
जारी सूचनाअनुसार गत २०८२ साल चैत्र १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको १०० बुँदे शासकीय सुधारका कार्यसूचीहरूमध्ये बुँदा नम्बर १२ मा उल्लेखित प्रशासनिक सुधार, पुन:संरचना र मितव्ययिता सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न कार्यसमिति भंग गरिएको हो ।
गत चैत १३ गते बसेको नवगठित मन्त्रिपरिषद् बैठकले कर्मचारी संघ संगठनहरू भंग गर्ने निर्णय गरेको थियो ।




प्रतिक्रिया