सहकारीलाई काठमाण्डु महानगरको निर्देशन- ३० दिनभित्र विवरण बुझाउनु

सहकारीलाई काठमाण्डु महानगरको निर्देशन- ३० दिनभित्र विवरण बुझाउनु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- काठमाण्डु महानगरपालिकाले ३० दिनभित्र सबै विवरण अद्यावधिक गर्न मातहतका सहकारी संस्थाहरूलाई निर्देशन दिएको छ।

प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र साधारणसभा, ३ महिनाभित्र लेखापरीक्षण र सबै विवरण अद्यावधिक गराउनुपर्ने भए पनि सहकारीहरूले अटेर गरेको भन्दै महानगरले सूचना प्रकाशित गरेको हो।

काठमाण्डु महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २८ को उपदफा २ ले संस्थाको साधारणसभा प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनुपर्ने, दफा ५४ को उपदफा १ ले आर्थिक वर्ष समाप्त भएको मितिले बढीमा ३ महिनाभित्र प्रचलित कानुनबमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट संस्थाको प्रत्येक आर्थिक वर्षको लेखा परीक्षण गराउनुपर्ने र दफा ५२ ले तोकिए बमोजिमका विवरणहरू बुझाउनुपर्ने व्यवस्था गरेको छ।

ऐनको दफा ७९ ले विभिन्न कसुरजन्य कार्यहरू, दफा ८१ ले सजाय, दफा ८२ ले जरिवाना र दफा ६६ ले सहकारीको विघटन वा दर्ता खारेजीको व्यवस्था गरेको छ,’ बुधबार प्रकाशित सूचनामा भनिएको छ,

‘यस्तो कानुनी व्यवस्था हुँदाहुँदै केही सहकारी संस्थाहरूले साधारणसभाको जानकारी, लेखापरीक्षण प्रतिवेदन लगायत तोकिए बमोजिमका विवरणहरू समयमा नै पेस गर्ने गरेको नपाइएको हुँदा यो सूचना प्रकाशित गरिएको छ।