सहकारी ठगीबारे समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको माग

सहकारी ठगीबारे समिति बनाउँदा कम्पनीको नाम उल्लेख गर्नुपर्ने कांग्रेसको माग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डसँग नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताले छलफल गरेका हुन् ।

सहकारी ठगीबारे संसदीय छानबिन समिति बनाउँदा ठगी गर्ने कम्पनीको नाम उल्लेख गर्नुपर्ने माग नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्ड समक्ष राखेको छ । छलफलमा कांग्रेसले राखेको मागमा प्रधानमन्त्री दाहालले आफू उक्त मागबारे सकारात्मक रहेको बताएका थिए ।

आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत लिन लागेको विषयमा पनि प्रमुख प्रतिपक्षी दललाई जानकारी गराएका थिए । संसद्मा जारी गतिरोधका कारण राष्ट्रपतिलाई धन्यवाद ज्ञापनसमेत गर्न नपाएको प्रधानमन्त्री दाहालले सुनाएका थिए ।

आजको बैठकमा कांग्रेसको तर्फबाट सभापति देउवासहित, पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा र लेखक सहभागी थिए । त्यस्तै, माओवादीबाट जर्नादन शर्मा पनि आजको छलफलमा उपस्थित थिए ।