सहकारी ठगीको संसदीय छानबिन समितिको कार्यादेशमा जुटेन सहमति, भोलि पुनः छलफल


काठमाण्डु – सहकारी ठगीको विषयमा छानबिन गर्न गठन हुने संसदीय छानबिन समितिको कार्यादेशमा दलहरूबीच सहमति नजुट्दा छानबिन अनिश्चित बनेको छ ।

बिहीबार बसेको कार्यदलको बैठकपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्ताैंलाले शुक्रबार बिहान फेरि बस्ने गरी उठेको जानकारी दिए ।

उनका अनुसार बैठक भोलि शुक्रबार बिहान ८ः३० बजे बस्नेछ ।

‘कांग्रेसले गृहमन्त्रीको नाम नै किटान गर्नुपर्छ भन्दै आएको थियो । त्यो विषयमा थोरै लचकताका साथको प्रस्तुति रह्यो । उहाँहरूको आन्दोलनको सम्बोधन ठीक ढंगबाट होस् भन्ने चाहना । हामी पनि आज पनि छलफल गर्छौं, उहाँहरू पनि गर्नुहुन्छ ।’

उनले शुक्रबारको बैठक कार्यदलको अन्तिम बनाएर ११ बजे सदन चलाउने गरी आउन भनेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement