बालुवाटार बैठक निष्कर्षविहीन, सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा

बालुवाटार बैठक निष्कर्षविहीन, सत्तापक्ष र प्रतिपक्ष आ–आफ्नै अडानमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको प्रमुख दलका शीर्ष नेताहरूको बैठक निष्कर्षविहीन भएको छ ।

सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिलाई दिने कार्यादेशबारे सहमति नजुटेपछि संसद् बैठक अवरुद्ध हुँदै आएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेर संसदीय समितिलाई कार्यादेश दिनुपर्ने अडान राख्दै आएको छ भने सत्तापक्षले समग्र सहकारीको छानबिन गर्दा व्यक्ति किटान गर्न नहुने अडान राखेको छ ।

शुक्रबारको छलफलमा पनि दुवै पक्ष आ–आफ्नै अडानमा रहेकाले सहमति जुट्न सकेन । कार्यादेशको टुंगो लगाउन कार्यदल गठन गरिए पनि सहमति नजुटेपछि शीर्ष नेताहरूको बैठक बोलाइएको थियो ।

बालुवाटार बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेस नेता रमेश लेखकले छलफल सकारात्मक भएको बताए ।