पैसा फिर्ता गरे सहकारी ठगीको मुद्दा नचल्ने

पैसा फिर्ता गरे सहकारी ठगीको मुद्दा नचल्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – महान्यायाधिवक्ता रमेश बडालले बैंकिङ कसूर र सहकारी ठगीको मुद्दामा मिलापत्रका लागि बाटो खुला रहेको बताएका छन् ।

मंगलबार काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै उनले पहिला बैंकिङ कसूरको चेक अनादर मात्रै रहेको तर अहिले सहकारी ऐन अन्तर्गतको कसूर र बैंकिङ कसूरमा पनि मुद्दा चल्ने बताए ।

ऋण प्रवाहसँग सम्बन्धित भएर गएका विषयवस्तुहरू पनि मिलापत्र गर्न दिनुपर्छ भन्ने निष्कर्षमा पुगेको बताउँदै उनले हालै संसदले दिएको सुझावले पनि पीडितलाई छिटोभन्दा छिटो राहत दिने गरी अघि बढ्नुपर्ने अवस्था रहेको बताए ।

पहिला बैंकिङ कसूरअन्तर्गत चेक अनादरको मुद्दा मात्रै मिलापत्र गर्न सकिने व्यवस्था रहेको थियो । फौजदारी मुद्दा मिलापत्र गर्ने विषय नेपालमा नयाँ भएको बडालले बताए ।

उनले भने, ‘फौजदारी मुद्दा मिलापत्र गर्ने विषय भनेको हाम्रोमा अलिकति नयाँ विषय हो, विशेषगरी सरकारवादी फौजदारी मुद्दाको सन्दर्भमा । अहिलेसम्म प्राकृतिक व्यक्तिलाई मात्रै सर्वसाधारण व्यक्ति मान्दै आएका थियौं भने सर्वोच्च अदालतले कानूनी व्यक्ति (संस्था) पनि सर्वसाधारणभित्र पर्छ है भन्ने फैसला गरेको परिस्थितिमा हामीले संस्थाहरूको विषय पनि मिलापत्रभित्र समावेश गर्ने गरी निर्देशन दिएका छौं । सबै देशभरका सरकारी वकिलहरूले मिलापत्रमा लिएर जान सक्नुहुन्छ ।’