काठमाण्डु – सरकारले समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी र कर्जा अपचलनकर्ताहरूको सम्पत्ति र राहदानी रोक्का गर्ने भएको छ ।
बिहीबार संघीय संसद्मा आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट पेश गर्दै अर्थमन्त्री विष्णु पौडेलले सम्पत्ति रोक्का गरी असूलउपर गरिने जनाएका छन् ।
‘समस्याग्रस्त सहकारीका सञ्चालक, पदाधिकारी, कर्जा अपचलनकर्ताहरूको सम्पत्ति एवं राहदानी रोक्का राखिनेछ,’ उनले भने । उनले अपचलनकर्ताहरूको सम्पत्ति बेचबिखन गरी बचतकर्ताको रकम फिर्ता गर्न कोष खडा गरिने जानकारी दिए ।




प्रतिक्रिया