पोखराको प्राइम सहकारी घोटला प्रकरणः पक्राउ पर्नेको संख्या ९ पुग्यो

पोखराको प्राइम सहकारी घोटला प्रकरणः पक्राउ पर्नेको संख्या ९ पुग्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पोखराको प्राइम बहुउद्देश्यीय सहकारी घोटला प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । सोमबार प्रहरीले सहकारीको रकम हिनामिना गरेको आरोपमा उत्तम मगरलाई पक्राउ गरेको हो ।

प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल र व्यवस्थापक निरु केसीको मुख्य योजनामा रकम हिनामिना गरको आरोपमा मगर पक्राउ परेका हुन् ।

पोखराको प्राइम सहकारी घोटला प्रकरणमा पक्राउ पर्नेको संख्या ९ पुगेको छ । यस भन्दाअघि सोही प्रकरणमा प्रहरीले ८ जनालाई पक्राउ गरेको थियो । सहकारीका २ हजार ३ सय बचतकर्ताको १ अर्ब ५७ करोड भन्दा बढी रकम हिनामिना भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । छानबिनका क्रममा ५५ जनाभन्दा बढी दोषी देखिएका छन् ।