समितिले सुमेरु सहकारीका सञ्चालक सिंहसँग लियाे बयान

समितिले सुमेरु सहकारीका सञ्चालक सिंहसँग लियाे बयान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सुमेरु बचत तथा ऋण सहकारीका सञ्चालक राजबहादुर सिंहसँग सोधपुछ गरेको छ ।

सोमबार बसेको समितिको बैठकमा विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्न व्यक्तिहरूमध्ये सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेड पुल्चोकका सेयर सदस्य राजबहादुर सिंहसँग सोधपुछ गरेको समिति सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

सोधपुछका क्रममा शाहले आफ्नो निजी सम्पत्तिबाट समेत बचतकर्ताको रकम फिर्ताको व्यवस्था थालनी गरी विश्वासको वातावरण सिर्जना गरेर सहकारी संस्थाको पुनः सञ्चालन गर्ने योजनाका साथ नयाँ सञ्चालक समूह आएको जानकारी गराएका छन् ।