सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले अनुसन्धान प्रभावित गर्ने आशंका !

सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेले अनुसन्धान प्रभावित गर्ने आशंका !

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधान तथा गृहमन्त्री बनाएको भन्दै संसद बैठकमा विरोध भएको छ ।

आज बसेको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसदले लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान भइरहेको भन्दै गृहमन्त्री बनाएकोप्रति विरोध जनाएका हुन् ।

जसअनुसार संसद बैठकमा बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले अनुसन्धान घेरामा रहेका व्यक्तिलाई नै गृहमन्त्री बनाएको भन्दै प्रधानमन्त्री प्रचण्डमाथि असन्तुष्टि जनाए।

‘अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले गम्भीर नैतिक प्रश्न खडा भएको छ। अर्कोतिर अनुसन्धान प्रभावित हुने आशंका बढाएको छ। सहकारीको आदर्श विपरीत गर्न नहुने संस्थामा लगानी, दिन नहुने शीर्षकमा कर्जा, शेयर सदस्य नै नभएको व्यक्तिले पाएको ऋणलगायत सघन आरोपले घेरिएका गृहमन्त्रीले यस्तै प्रकृतिको दोषीलाई कसरी कानूनी कारबाहीको दायरामा ल्याउनुहुन्छ।’, उनले भने ।

त्यस्तै उनले गृहमन्त्री लामिछाने र सहकारी पीडितका समस्याबारे प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग गरेका छन् ।