काठमाण्डु-सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले आज एकैपटक पाँच वटा सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकसँग बयान लिने भएको छ ।
जेलमा रहेका केही सहकारी संस्थाका सञ्चालक तथा व्यवस्थापकलाई त्यहाँबाट झिकाएर बयान लिइने समितिका सदस्य लेखनाथ दाहालले जानकारी दिए । समितिको बैठक बिहान ११ बजेदेखि नै बस्दैछ ।
समितिले हालसम्म जेलमा रहेका १८ सहित ३४ जनाको बयान लिइसकेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित छविलाल जोशीको भने ७ गते गतेमात्रै बयान लिने तयारी छ ।
समितिले विभिन्न प्रमाणका आधारमा प्रतिवेदन लेखन शुरु गरिसकेको समिति सदस्य दाहालले जानकारी दिए ।
यसअघि बसकेको बैठकले धरानको बराह बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक मान विश्वकर्मा ज्येष्ठ सहकारी संस्था लिमिटेड न्यूरोडका सञ्चालक मधुसुदन पाठक र कुमारी सहकारीका सञ्चालक सूर्यध्वज न्यौपानेसँग बयान लिएको थियो ।
प्रतिक्रिया