इजरायलको तेल अविव विश्वविद्यालय र त्रिविबीच सहकार्य हुने

इजरायलको तेल अविव विश्वविद्यालय र त्रिविबीच सहकार्य हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- इजरायलको तेल अविव विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबीच सहकार्य हुने भएको छ । यससम्बन्धी समझदारीपत्रमा दुवै विश्वविद्यालयका पदाधिकारीले मंगलबार हस्ताक्षर गरेका हुन् ।

इजरायल र नेपालबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप सघन तुल्याउने लक्ष्य रहेको जनाइएको छ । उक्त समझदारीपत्रमा त्रिविका तर्फबाट रेक्टर शिवप्रसाद भुसाल र तेल अविव विश्वविद्यालयका तर्फबाट उपाध्यक्ष प्रोफेसर मिलेटे सामिरले भर्चुअल माध्यमबाट हस्ताक्षर गरेका हुन् ।