यी हुन् डीआईजी सहकुल थापाले अपराध महाशाखामा कमाण्ड सम्हालेका चर्चित घटना

यी हुन् डीआईजी सहकुल थापाले अपराध महाशाखामा कमाण्ड सम्हालेका चर्चित घटना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – डीआईजी सहकुल बहादुर थापाले महानगरीय अपराध महाशाखा प्रमुख जिम्मेवारी पाएको एक वर्ष पूरा भएको छ । डीआईजीमा बढुवा भएपछि थापाले एक वर्षे कार्यकालको विवरण सार्वजनिक गरेका छन् । १२ महिने कर्याकालपछि सञ्चारकर्मीलगायत सबैलाई धन्यवाद दिएका छन् ।

उनले उपत्यकाको शान्ति सुरक्षा र अपराध अनुसन्धान न्युनिकरण गर्ने दायित्व बोकेको महाशाखामा १२ महिना काम गर्ने मौकाम पाएको सबैलाई धन्यवाद दिएका छन् । ‘यस अवधिमा संगठनले निदिष्ट गरेका मार्ग निर्देशन पछ्याउदै महाशाखामा कार्यरत सम्पूर्ण टिमले उच्च ब्यवसायीकताका साथ अपराध अनुसन्धान लगायतका शान्ति, सुरक्षा र सु–व्यवस्था कायम गर्न खेलेको भूमिकाको उच्च प्रशंसा गर्दछु’, उनले भनेका छन्

उनले अगामी दिनहरुमा पनि रचनात्मक सहयोग सदैव निरन्तर रहि रहने कुरामा विश्वस्त रहेको बताएका छन् । ‘यस अवधीमा शान्ति सुरक्षा र सु–व्यवस्था कायम गर्न तथा अपराध अनुसन्धानका सूचना, जानकारी दिएर सहयोग गर्ने सबै आदरणीय महानुभावहरु प्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु ’, उनले भनेका छन् ।

उनले १२ महिनाको अवधिमा चर्चित व्यापारी सुलभ अग्रवाल पक्राउ देखि काठमाडौंको विभिन्न स्थानमा महिलाहरुलाई तिखो बस्तुले खोपी घाईते बनाई आतङ्क मच्चाउने व्यक्ति पक्राउ र पुर्व राजदुत केशवराज झाको हत्यामा संलग्न व्यक्ति पक्राउ गर्न सफल भएका छन् ।

१२ महिनाको अवधिमा महाशाखाले हासिल गरेका उपलब्धीहरुः

१. थर्मल गनको कालोबजारी गर्ने पक्राउ:– सुलभ अग्रवालले बिश्वव्यापी महामारीकोको रुपमा फैलिएको कोरोना भाईरसको ज्वरो जाँच गर्न प्रयोग हुँदै आएको थर्मल गनको अभावको फाईदा उठाई प्रतिगोटा रु. ३ हजार देखि ५ हजारसम्म मुल्य पर्ने थर्मल गन प्रतिगोटा रु. १५,०००।– का दरले बिक्री गर्ने गरेकामा मिति २०७६।१२।२५ गते थर्मल गन जम्मा ६७ थान सहित सुलभ अग्रवाललाई पक्राउ गरिएको ।

२. पूर्व संचार तथा सूचना प्रविधी मन्त्री गोकुल वास्कोटाको घरमा बम बिष्फोटन गर्ने मानिसहरु पक्राउ : –मिति २०७६।११।२८ गते अ.०७ः४० बजेको समयमा जिल्ला भक्तपुर मध्यपुर ठिमी न.पा. वडा नं. १ लोकन्थलीमा रहेको पुर्व संचारमन्त्री गोकुल प्रसाद बास्कोटाको निर्माणाधिन तिनतले पक्की घरको पुर्ब पट्टिको गेटमा बम बिष्फोटन भएको घटनामा संलग्न लक्ष्मण सेठी, अमृत बहादुर कुमाल र टेक वि.क.लाई मिति २०७६।१२।०६ गते काठमाण्डौ बिभिन्न स्थानहरुबाट पक्राउ गरिएको ।

३. रेडपाण्डाको छाला सहितमानिसहरु पक्राउ :– काठमाडौको कपन खरिबोट एरियामा सुर्य बहादुर भुजेल समेतका व्यक्तिहरुले दुर्लभ वन्यजन्तु रेडपाण्डाको छालाको अवैध रुपमा ओसापसार गरी ल्याई कारोवार गर्ने कार्यमा संलग्न भएका सुर्य बहादुर भुजेल, सुन बहादुर लामा, युवराज सापकोटा र कमला तामाङलाई मिति २०७६।११।१२ गते जिल्ला काठमाण्डौ बुढानिलकण्ठ न.पा.वडा नं.१२ कपन खरिबोटबाट रेडपाण्डाको छाला थान–१ फेला पारी पक्राउ गरिएको ।

४. डाँका घटनामा संलग्न मानिसहरु पक्राउ–बच्चुराम गुरुङसँग वेद बहादुर गुरुङ भन्ने भिम बहादुर घर्तिमगरले चिनजान गरी बहुमुल्य वल्ने ढुङ्गा ५० लाख लगानी गर्नुस् ५ करोड तपाईलाई फाईदा दिन्छु भनि विश्वास दिलाई मिति २०७६।१०।०९ गते रु. ५०,००,०००।– रकम वोक्न लगाई ट्याक्सीमा राखीबाटो ढुकी बसेका व्यक्तिहरु समेतले खुकुरी, फलामे स्टिक देखाई कुटपिट गरी घाईते बनाई आखामा खोर्सानीको धुलो छरी लडाई बच्चुराम गुरुङले बोकेको रु. ५०,००,०००।– राखेको जेव्रा व्याग समेत जवरजस्ती डाँका गरी फरार घटनामा संलग्न रहेको तेन्जिङ बहादुर तामाङ, सन्जित वाईवा, कुमार वुढाथोकी र वेद बहादुर गुरुङ भन्ने भिम बहादुर घर्तिमगर र दावा छिरिङ तामाङ लाई मिति २०७६।१०।१० गते काठमाडौंको बिभिन्न ठाउँहरुबाट पक्राउ गरिएको ।

५. सार्बजनिक सवारी साधनमा आफ्नो लिङ्ग निकाली हस्तमैथुन समेत गरी महिलाको कपाल तथा शरिरमा बिर्य स्खलन गराई अश्लिल भिडियो बनाउने पक्राउ :– कम्प्युटर, ईन्टरनेट लगायतका बिद्युतिय संचार माध्यममा सार्बजनिक नैतिकता, शिष्टाचार बिरुद्ध महिलाहरुप्रति घृणा वा द्वेष फैलाउने उदेश्य राखी सार्बजनिक सवारी साधनमासरय यात्रा गर्ने अपरिचित महिलाहरुलाई सोही बसमा यात्रा गर्ने रबिन रुचाललाई उक्त कार्य गरेको खुल्न आई निजलाई मिति २०७६।०९।२८ गते जिल्ला चितवन भरतपुर म.न.पा. वडा नं. ७ कृष्णपुरबाट पक्राउ गरिएको ।
६. कटुवा पेस्तोल सहित मानिस पक्राउः– मिति २०७६।०९।०८ गते का.जि. वुढानिलकण्ठ न.पा. वडा नं. १३ भंगालमा रोशन वर्देवालाईकटुवा पेस्तोल थान-१सहित पक्राउ गरिएको ।

७. पेस्तोल र गोली सहित ३ जना व्यक्तिहरु पक्राउः काठमाडौं उपत्यका भित्र केही व्यक्तिहरुले गैरकानूनीरुपमा साना हतियार पेस्तोलको कारोवार गर्नेसूचना यस महाशाखामा प्राप्त हुन आई खटिएको टोलीले कारोवारीहरुको निग्रानी राखी खोजतलास गर्दै जाँदा गैरकानूनीरुपमा साना हतियार पेस्तोलको कारोवार गर्ने कार्यमा संलग्न रहेका देवेन्द्र भण्डारी, सुमन खड्का र मनोज कुमार बस्नेतलाई मिति २०७६।०७।२१ गते म्याग्जिन सहितको पेस्तोल थान–१ र सो पेस्तोलको म्याग्जिनमा लोड भएको अवस्थामा गोली ४ राउण्ड सहित पक्राउ गरिएको ।

८. निर्माण सामाग्री ढुवानी गर्ने साधनको ढालामा वास्तविक सतह भन्दा माथि उठाई थोरै सामाग्री दिई ठगी गर्ने सप्लायर्सहरु पक्राउः काठमाडौंको विभिन्न स्थानमा निर्माण सामाग्री सप्लायर्सहरुबाट भौतिक संरचना निर्माण गर्ने उपभोक्ताहरुलाई बिक्री गर्दै आएको रोडा, गिट्टि, माटो, बालुवा, ईट्टा समेतका सामाग्रीहरुको मुल्य गर्दा पुरा गाडीको मुल्य लिई सामान ढुवानी गर्ने गाडीहरुमा ढुवानी गर्दा कम परिणामको सामान जाने गरी बक्स गाडीमा फीट गरी कम सामाग्री पठाई उपभोक्तालाई बिश्वासमा पारी झूक्याई आफूहरुले लाभ लिई उपभोक्तालाई हानी र्पुयाई ठगी गर्ने सप्लायर्सका संचालक २३ जना र ढुवानी गर्ने साधन ३५ थानसहित पक्राउ गरिएको ।

९. कृषि विकास वैंकको सिस्टममा पहुँच राखी रकम रकमान्तर गरी वैंकलाई हानी नोक्सानी पु–याउने व्यक्तिहरु पक्राउः कृषि बिकाश बैंकको मुख्य कार्यालयको तर्फबाट कानून बिभागका का.मु. शाखा प्रमूख देबी प्रसाद पोखरेल समेतको जाहेरीले बादी नेपाल सरकार प्रतिबादी श्रवन कुमार श्रेष्ठ समेत भएको संगठित अपराध समेतको कसूरमा श्रवन कुमार श्रेष्ठ समेतका अपराधिक समुहले संगठित भई बैंकको सिस्टममा बिद्युतिय माध्यमको दुरुपयोग गरी अनाधिकृत पहुच राखि प्रतिबादीहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिई बैंकलाई हानी नोक्सानी पु–याएको घटनामा संलग्न रहेका ११ जना ब्यक्तिहरुलाई विभिन्न मितिमा पक्राउ गरिएको ।

१०. काठमाडौंको विभिन्न स्थानमा महिलाहरुलाई तिखो बस्तुले खोपी घाईते बनाई आतङ्क सृजना गर्ने व्यक्ति पक्राउ : मिति २०७६।०१।०७ गते का.जि. वाफलमा गंगा पाण्डेलाई, ऐ १५ गते डल्लुमा कमला मगरलाई, ऐ २९ गते का.जि. डल्लुमा आकृती शाही समेतलाई मोटरसाईकलमा आएको अपरिचित व्यक्तिले फलामको काँटी जस्तो तिखो वस्तुले खोपेर घाईते बनाएको । मिति २०७६।०२।२० गते का.जि. डल्लुमा ममता पुनलाई र ऐ २२ गते पकनाजोलमा ईभा मानन्धरलाई मोटरसाईकलमा आएको अपरिचित व्यक्तिले तिखो बस्तुले खोपी घाईते बनाई समाजमा आतङ्क सृजना गरी फरार रहेको घटनाको अनुसन्धानको सिलसिलामा यस महाशाखा र महानगरीय प्रहरी परिसरबाट खटिएको विशेष टोलीले घटनामा संलग्न रहेका सन्तोष कार्कीलाई बा ४७ प १३३१ सहित पक्राउ गरी गरिएको ।

११. अनलाइन मार्फत वहुमुल्य सामानहरु पठाईदिने भनि ठगी गर्ने व्यक्तिहरु पक्राउः जिल्ला खोटाङ दिक्तेल रुपाकोट मजुवागढी न.पा. वडा नं. १० घर भई का.जि. का.म.न.पा. वडा नं. १० बानेश्वर बस्ने शान्ता कुमारी राईलाई वेलायती नागरिक वताउने स्मित मोरिस भन्ने व्यक्तिले सामाजिक रिक्वेट पठाएरश्वाट्सएप समेतबाटसुटकेशमा उपहार र २०,०००।– पाउण्ड पठाएको छु भनि कुरियर गरेको रसिदको फोटो समेत पठाई भन्सार छुटाउनको लागि भनि फोन गरी रमेश खड्का समेतका व्यक्तिहरुको बैंक खाता नम्वर पठाई पटक पटक गरी जम्मा रु. २४,३०,०५०।– जम्मा गर्न लगाई ठगी गर्ने रमेश खड्का, विशेश्वर प्रसाद तिवारी रसन्दिप कलवारलाई मिति २०७६।०८।१३ गते पक्राउ गरिएको ।

१२. डाइमण्ड समेतका विभिन्न पत्थरहरुको कारोवार गर्ने व्यक्तिहरु पक्राउः काभ्रेपलान्चोक जिल्लाको पनौती एरियामा गैरकानूनीरुपमा राजश्व छली गरी हिरा (डायमण्ड) समेतका पत्थरहरुको ओसारपसार गरी कारोबार गरिरहेको सूचनाको आधारमा यस महाशाखाबाट खटिएको टोलीले मिति २०७६।०८।१२ गते जिल्ला काभ्रेपलाञ्चोक पनौती न.पा. वडा नं. ४ बासडोल टोलबाट नबराज खड्का, हरी खापुङ, भिम बहादुर लामा, यम बहादुर गिरी, लोक बहादुर सार्कीलाई फेला पारी पक्राउ गरिएको ।

१३. पुर्व राजदुत केशवराज झाको हत्यामा संलग्न व्यक्ति पक्राउः मिति २०७५।०५।०३ गते रातीको समयमा जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं.११ थापाथली कुरियागाँउ बस्ने केशवराज झालाई कर्तब्य गरी मारेको ज्यान सम्वन्धी कसूरमा जिल्ला काभे्रपलान्चोक पनौती नगरपालिका वडा नं.१० खोपासी बस्ने बर्ष ५२ को सानुकान्छा तामाङको संलग्नता रहेकोभन्ने बुझिन आई जिल्ला प्रहरी कार्यालय काभे्रपलान्चोक एबं प्र.चौ पनौतीसँग समन्वय गरी मिति २०७६।०४।३१ गते निज सानुकान्छा तामाङलाई पक्राउ गरी ज्यान सम्वन्धी कसूरमा मुद्दा चलाईएको ।

१४.
काठमाडौंको वौद्धमा जापानी नागरिकको घर कोठमा डाँका गर्ने व्यक्तिहरु पक्राउः मिति २०७६।०३।२७ गते का.जि. का.म.न.पा. वडा नं. ६ तिनचुले स्थित जापान नेपालको लागि एक्पोर्ट ईम्पोर्टको व्यापार व्यवसाय गरी बस्दै आएकी जापानिज नागरिक ःगतकगmष् क्जष्mष्शग, रत्भलवष्लक्जष्mष्शगसमेतलाई ७।८ जना डाँकाहरुको समुहले धारिलो हतियार खुकुरी देखाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरी घाईते बनाई नगद रु. ६,००,०००।–, यूरो डलर ७००।– हङकङ डलर २,०००।–, जापानी येन ८०,०००।–, चाईनिज मुद्राहरु, दुई तोलाको सुनको सिक्री १ थान र ४ तोलाको १ थान, तिन दानाको सि माला, ब्उउभि कम्पनीको ल्यापटप, क्ष्उजयलभसमेतका धनमालहरु डाँका गरी लगेको घटनामा संलग्न रहेका सोनाम तामाङ, दोर्जे लामा, दिनेश कार्की, गोबिन्द लामा र श्याम, कवाङ भन्ने नेवाङ लामालाई मिति २०७६।०५।०८ गते पक्राउ गरिएको ।

१५. एनसेल कार्यालय अगाडि बम बिष्फोटन गराएको घटनामा संलग्न प्रज्वल भन्ने माईला लामा समेतका ब्यक्तिहरु पक्राउः मिति२०७५।११।१० गते बेलुका ललितपुर जिल्लाको नख्खुमा रहेको ल्अभिि कार्यालय अगाडि बम बिष्फोटन भई सिंग बहादुर गुरुङको मृत्यु भएको, अन्य दुई जना घाईते भएको घटनामा नेपाल कम्यनिष्ट पार्टी विप्लव समुहका ब्यक्तीहरुको संलग्नता रही फरार रहेका मध्येका विप्लव समुहका उपत्यका व्यूरो ईन्चार्ज प्रज्वल भन्ने माईला लामा र शेर्पा भाई, छिरिङ, दोर्जे शेर्पा भन्ने दोर्ची शेर्पा समेतलाई पक्राउ गरिएको ।

१६. पेस्तोल सहित मानिसहरु पक्राउः मिति २०७६।०३।२९ गते वेलुका अन्दाजी १७ः३० वजेको समयमा जिल्ला काठमाडौं का.म.न.पा. २६ मित्रपार्कमा रहेको नेपाली तारा होटेलको कोठा नं. ४०५ भाडामा लिई बसेका प्रितम राई, सचिन भन्ने सविन खवास र राम कुमार राईलाई ईटालियन पेस्तोल थान–१ र सो को गोली राउण्ड ५ सहित पक्राउ गरिएको ।

१७. हिरासतबाट फरार भएका प्रतिवादीहरु पक्राउः डाँका चोरी मुद्दामा मिति २०७६।०२।२८ गते पक्राउ परी अनुसन्धानको क्रममा रहेका प्रतिबादीहरु बिकाश उर्फ रुपेश भन्ने रुद्रलाल श्रेष्ठ, शम्सेर माझी र रबिन कुमार तिमल्सिना लगायत २० जना थुनुवाहरुलाई मिति २०७६।०३।२३ गतेका दिन महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी हिरासतमा राख्नको लागि महानगरीय प्रहरी प्रभाग बुङमती, भैसेपाटी, ललितपुरमा पठाईएकोमा सोही मितिको राती हिरासत कक्षको ट्वाईलेटको भेन्टिलेटरको ग्रिल तोडी भागी फरार भएका ब्यक्तिहरुको यस महाशाखाबाट खोजतलास गर्दै जाँदा सुनिल मगर र पासङ शेर्पालाई बिकाश उर्फ रुपेश भन्ने रुद्रलाल श्रेष्ठ र शम्सेर माझीलाई मिति २०७६।०३।२५ गते पक्राउ गरिएको ।

१८. भक्तपुरको चाँगुनारायणमा सावित्री भट्टराईको हत्या गर्ने व्यक्तिहरु पक्राउः मिति २०७६।०३।१५ गते जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ७ स्थित सोनाम थापामगरको घरकोठामा सावित्री भट्टराईलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनामा संलग्न मृतककी छोरी ईश्वरी भट्टराई, मोहम्मद नौसाद र अर्जुन कुमार भन्ने भोला कुमारलाई मिति २०७६।०३।१५ गते पक्राउ गरिएको ।

१९. सुनचाँदी पसल समेतमा डाँका गर्ने व्यक्तिहरु पक्राउः मिति २०७६।०२।०८ गते का.जि. गोकर्णेश्वर न.पा. वडा नं. ५ जोरपाटीमा वुद्धराम सुनारले सन्चालन गरेको भिमेश्वर सुनचाँदी गहना पसलमा ४ जना ब्यक्तिहरु प्रवेश गरी सुनको गरगहना किन्ने बहाना बनाई सन्चालक वुद्धराम सुनारलाई खुकुरी प्रहार गरी घाईते बनाई पसलमा रहेको नगद रु.८०,०००।– डाँका गरी लगेको घटनामा संलग्न नितेश तामाङलाई ईलाम जिल्लाको फिक्कलबाट पक्राउ गरिएको, उक्त डाँका घटनामा मुन्दे्र भन्ने अजय ग्यावा तामाङ, जिग्रि भन्ने भिमराज थिङ, सागर तामाङ, काजी मगर, योगेन घिसिङ पक्राउ गरिएको , सोही घटनामा काका भन्ने छिरिङ तामाङलाई मिति २०७६।०२।२४ गते नियन्त्रणमा लिन खोज्दा निजले प्रहरी माथी पेस्तोल ताकी आक्रमण गर्न खोजेकाले खटिएका प्रहरीले आत्मरक्षाको लागी गोली चलाउँदा निजको दाहिने खुट्टामा गोली लाग्न गाई घाईते भएको र घटनास्थलमा पेस्तोल थान–१ गोली ६ राउण्ड, गोलीको खोका थान–२ समेत फेला परेको ।

२०. गैरकानुनी रुपमा नेटवर्किङ व्यवसाय गर्ने भारतिय नागरिकहरु पक्राउः भारतिय नागरिकहरु भारतबाट काठमाण्डौमा आई साइन ग्रुप को नाममा गैरकानुनी रुपमा भ्बकथ त्चबमभ नामको वेवसाइटमार्फत नेटवर्किङ ब्यवसाय संचालन गरी रकम लगानी गर्दा निश्चित समयभित्र ठुलो मात्रामा फाईदा हुन्छ भनि नेपालीहरुलाई विश्वास दिलाई झुक्याई आपूmहरुले लाभ लिने उद्देश्यले नेटवर्किङ व्यवसाय गरी संगठित भई ठगी गरेको भन्ने सुचनाको आधारमा उक्त कार्यमा संलग्न रहेका भारतिय नागरिकहरु नुरुलिन वार्सी, नितिन श्रीवास्तव, मोहम्मद शैफ, मोहम्मद जिया, तेजनारायण शुक्ला, राजेश कुमार शुक्ला, अटल त्रिपाठी र रबिकान्त तिवारी यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मिति २०७६।०२।०५ गते का.जि.का.म.न.पा.वडा नं.११ बवरमहलबाट पक्राउ गरिएको ।

२१. रामेछाप लिखु तामाकोशी गाउँपालिका वडा नं. ३ का अध्यक्ष गोविन्द बहादुर खड्कालाई धाकधम्की दिई दुई करोड माग्ने पक्राउः

विभिन्न मोवाईल नम्वरहरुबाट फोन गरी अपराधिक लाभ लिने उद्देश्यले धाकधम्की दिई दुई करोड रकम माग गरेको रकम नदिएमा घर परिवारका सदस्यहरु समेतलाई मारिदिने धम्की दिने लोप्साङ लामा, मिलन तामाङ भन्ने बाबुराम तामाङ र अमृत तामाङलाई मिति २०७६।०४।२४ गते का.जि. का.म.न.पा. वडा नं. १५ विजेश्वरीमा फेला पारी नियन्त्रणमा लिन खोज्दा बाबुराम तामाङले खटिएको प्रहरी टोली माथि आक्रमण गरी भागेकोले निजलाई नियन्त्रणमा लिनेको लागि प्रहरीले गोली चलाउँदा बाबुराम तामाङलाई गोली लाग्न गई घाईते भएको ।

२२. नक्कली स्मार्ट लाईसेन्स बनाउने गिरोह पक्राउः सरकारी छाप, दस्तखत समेत किर्ते कागजातहरु तयार गरी रकम लिई यातायात व्यबस्था कार्यालयबाट जारी गरिने सवारी चालक अनुमति पत्रहरु समेत बनाउने बलराम रंजित, सुमन महर्जन र देउँनारायण महतोलाई स्मार्ट कार्ड कटिङ्ग गर्ने मेशिन सहित पक्राउ गरिएको ।