काठमाण्डु – सडक आन्दोलनरत शिक्षकहरू र सरकारबीच सहमति भएको छ ।
बुधबार शिक्षा मन्त्रालयमा भएको निर्णायक छलफलपछि शिक्षक र सरकारबीच सहमति जुटेको हो ।
शिक्षकहरूले सहमतिका बुँदा सार्वजनिक गरेका छैनन् । शिक्षकसँग भएको सहमतिबारे निर्णय लिन सरकारले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको छ ।
मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गरिनेछ । शिक्षकसँगको वार्तामा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, गृहमन्त्री रमेश लेखक लगायत सहभागी थिए ।
प्रतिक्रिया