एमाले र नेकपाबिच नयाँ गठबन्धनको घोषणा, ५ प्रदेशमा मुख्यमन्त्री बाँडफाँट

एमाले र नेकपाबिच नयाँ गठबन्धनको घोषणा, ५ प्रदेशमा मुख्यमन्त्री बाँडफाँट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बिच नयाँ सत्ता समीकरणको सहमति भएको छ ।

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २ दलीय सहमति पत्रमा हस्ताक्षर गर्दै सातै प्रदेशमा संयुक्त सरकार गठन गर्ने र सहकार्यलाई अघि बढाउने औपचारिक घोषणा गरेका छन् ।

सुशासन, राजनीतिक स्थिरता र प्रादेशिक विकासलाई तीव्र तुल्याउने उद्देश्यका साथ गरिएको सहमतिअनुसार ३ वटा प्रदेशको नेतृत्व एमाले र २ वटा प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने तय भएको छ ।

सहमतिअनुसार एमालेले कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा मुख्यमन्त्री पाउने र नेकपाले कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री पाउने सहमति भएको छ ।

मधेश र गण्डकी प्रदेशमा सरकार गठनको स्वरूप र नेतृत्वको विषयमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलहरूसँग समेत आवश्यक परामर्श गरी निर्णय लिइने सहमति पत्रमा उल्लेख छ ।