सहमतिबाटै पार्टीको नेतृत्व चयन हुन्छ : खनाल

सहमतिबाटै पार्टीको नेतृत्व चयन हुन्छ : खनाल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेकपा एसका सम्मानित नेता झलनाथ खनालले पार्टीको १० औं महाधिवेशनबाट सहमतिमा नै नेतृत्व चयन हुने बताएका छन् ।
काठमाडौंमा आइतबार पत्रकार सम्मेलनमा नेता खनालले पार्टीको आसन्न महाधिवेशनले दस्ताबेजहरु पास गर्नुका साथै सकेसम्म अन्तिम प्रयत्न गरेर सहमतिपूर्ण नेतृत्व निर्माण गर्ने बताए ।

महाधिवेशन रुपान्तरणकारी महाधिवेशनका रुपमा अघि बढाउने समेत बताए । नेता खनालले आगामी असारमा हुने महाधिवेशनले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप छलफलहरू भइरहेको बताए ।

‘सकेसम्म अन्तिम प्रयास गरेर सहमतिपूर्ण नेतृत्व चयन गर्छौ’, खनालले भने, ‘त्यसका लागि छलफल भइरहेका छन् । अझै पनि छलफल गर्छौ ।’ नेता खनालले १० महाधिवेशनले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिने दाबी समेत गरे ।

अहिले देशमा महंगी, भ्रष्टाचार र युवाहरु विदेश पलायनको विकराल अवस्था रहेको उनको भनाइ छ । पुँजीवादी, सामाजिक, आर्थिक व्यवस्थालाई समाजवादी सामाजिक आर्थिक व्यवस्थामा रुपान्तरण गर्ने बिन्दुसम्मको कार्यक्रमहरु महाधिवेशनबाट पारित गर्ने उनले बताए ।