एमालेले ८, रास्वपाले २ र माओवादीले १ देशको राजदूत पाउने सहमति

एमालेले ८, रास्वपाले २ र माओवादीले १ देशको राजदूत पाउने सहमति

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- सत्ता गठबन्धनका प्रमुख दलहरुबीच राजदूतको भागबण्डाबारे सहमति जुटेको छ ।

बिहीबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री रवि लामिछानेबीच राजदूतबारे सहमति जुटेको हो ।

जसअनुसार एमालेले ८, रास्वपाले २ र नेकपा माओवादी केन्द्रले १ देशको राजदूत पाउने छन् । सरकारले जेठ २४ गते कांग्रेस कोटाबाट नियुक्त भएका ६ सहित उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका २, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीका १ र डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) बाट राजदूत भएका १ जनालाई फिर्ता बोलाएको थियो ।