काठमाण्डु – सहकारीको रकम हिनामिना र अपचलनमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने पनि जोडिएपछि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि मुख्य तीन दलका शीर्ष नेताबीच त्यसबारे छलफल भएको छ ।
१५ जेठमा संसदीय छानबिन समिति बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा यसबारे छलफल भएको हो ।
सहकारीको रकम अपचलनबारे सर्वोच्च अदालतले आइतबार गृहमन्त्री लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा गत माघ २२ गते दर्ता भएको पूरक जाहेरी पेस गर्न भनेको भोलिपल्ट मुख्य तीन नेताबीच भएको दलफललाई महत्वका साथ हेरिएको छ ।
पछिल्लो राजनीतिक घटनाक्रमको बारेमा छलफल गर्न तीन शीर्ष नेताहरू बालुवाटारमा जुटेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
संसद्मा भइरहेको बजेटमाथिको छलफल, मधेस प्रदेश सरकारबारे पनि कुराकानी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया