शहरी विकास मन्त्रालय लिएर उपेन्द्र यादवको पार्टी सरकारमा सहभागी हुने


काठमाडौं– उपेन्द्र यादब नेतृत्वको संघिय समाजवादी फोरम नेपाल सरकारमा सहभागी हुने भएको छ । प्रधानमन्त्री केपि शर्मा ओली र समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादब बिच सरकारमा सहभागी हुने बारे आईतबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले संसदमा जवाफ दिने क्रममा संविधान संशोधन आवश्यकता र औचित्यका आधारमा गरिने सकरात्मक जवाफ दिएपछि सरकारमा जान यादव सकरात्मक बनेका हुन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहालसहित बालुवाटारमा बसेको बैठकमा यादव सरकारमा जान सहमत भएको उच्च स्रोतको दाबी छ ।
प्रचण्ड र ओलीसंगको छलफलपछि फोरमका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा राखेको संशोधन आईतबार फिर्ता लिएका थिए ।

उच्च स्रोतले दिएको जानकारीअनुसार फोरम शहरि विकास मन्त्रालय लिएर सरकारमा सहभागी हुंदैछ । प्रधानमन्त्रीले आईतबार सांझ बसेको मन्त्रिपरिषदको वैठकमा फोरम सरकारमा सहभागी हुन लागेको जानकारी दिएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement