काठमाडौं – सरकारले १६ जना सहसचिवको सरुवा र हेरफेर गरेको छ । मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कार्यरत केदार पनेरु अर्थ मन्त्रालयमा सरुवा भएका छन् ।
राष्ट्रिय दलित आयोगका सुशील ढकाललाई राष्ट्रिय कितावखानाको महानिर्देशक बनाइएको छ । सामान्यकै प्रवक्ता भुपाल वराल महालेखा नियन्त्रक कार्यालयमा सरुवा गरिएको छ ।
सहसचिव उमेश बस्नेत (श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय), ठाकुर सिग्देल(प्रदेश प्रमुखको कार्यालय, सुर्खेत), खड्ग बहादुर कार्की(मधेशी आयोग), हरि बखती(राष्ट्रिय समावेशी आयोग), कृष्णप्रसाद धिताल(राष्ट्रिय दलित आयोग), भीष्म न्यौपाने(राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण), वासुदेव शर्मा(सामान्य प्रशासन), टीकाराम ज्ञवाली(श्रम रोजगार तथा सामाजिक सुरक्षा), तेजराज पाण्डे(सामान्य प्रशासन मन्त्रालय, अतिरिक्त समूह), शंकरप्रसाद सुवेदी(सामान्य प्रशासन मन्त्रालय, अतिरिक्त समूह), आनन्द सारू(तुलसी उपमहानगरपालिका, दाङ), कृष्णकान्त उपाध्याय(प्रदेश प्रमुखको कार्यालय, बुटवल) र उपेन्द्र खनाल(उपराष्ट्रपतिको कार्यालय)को सरुवा र हेरफेर गरेको छ ।




प्रतिक्रिया