काठमाण्डु – अर्थ मन्त्रालयका सहसचिवहरूको सरुवा भएको छ । मन्त्रीस्तरीय निर्णयबाट १० जना सहसचिवहरुको सरुवा भएको मन्त्रालयले जनाएको छ ।
सह/महालेखा नियन्त्रकमा थानप्रसाद पंज्ञानी, अर्थका सहसचिव अच्युत शिवाकोटी, अर्थ मन्त्रालयबाट उमाकान्त आचार्यको सह महालेखा नियन्त्रक, भन्सार जाँचपास कार्यालयको प्रमुख प्रशासक, ईश्वरप्रसाद अर्याल उप महानिर्देशक, भन्सार विभाग, वीरगन्ज भन्सारका प्रमुख महेश आचार्यलाई अर्थ मन्त्रालयमा कामकाजका लागि ल्याइएको छ भने विश्वप्रसाद अर्याल वीरगन्ज भन्सारमा सरुवा गरिएको छ ।
त्यस्तै बाबुराम भण्डारी सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र, महेश भट्टराई अर्थ मन्त्रालय र भूमिराम शर्मा सदस्य सचिव नेपाल राजश्व परामर्श विकास समितिमा सरुवा भएका हुन् ।
सुचीमा हेर्नुस्
१. थानप्रसाद पंज्ञानी – सह महालेखा नियन्त्रक
२. अच्युतप्रसाद शिवाकोटी – प्रमुख जाँचपास प्रशासक
३. उमाकान्त आचार्य – सह महालेखा नियन्त्रक
४. ईश्वरप्रसाद अर्याल – उप महानिर्देशक,भन्सार विभाग
५. बाबुराम सुवेदी – कार्यालय प्रमुख सार्वजनिक ऋण व्यवस्थापन कार्यालय
६. विश्वप्रसाद अर्याल – वीरगन्ज भन्सार प्रमुख
७. महेश भट्टराई – अर्थ मन्त्रालय
८. महेश आचार्य – अर्थ मन्त्रालय
९. बाबुराम भण्डारी – सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र
१०. भूमिराम शर्मा – सदस्य सचिव,नेपाल राजश्व परामर्श विकास समिति




प्रतिक्रिया