काठमाण्डु – सरकारले २८ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार २८ जना सहसचिवको सरुवा गरेको हो ।
सबैभन्दा बढी १८ जना सहसचिवको विभिन्न संघीय निकायबाट विभिन्न प्रादेशिक निकायमा सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका ६ जना सहसचिव पनि प्रदेशमा पठाइएका छन् ।
मन्त्रालयमा अतिरिक्तमा रहेका क्रमसः बलराम निरौलाको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशमा, देवेन्द्र लामिछानेको सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा, प्रेमराज गिरीको प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशमा सरुवा भएको छ ।
यस्तै रामहरि ज्ञवालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा, उद्धवप्रसाद रिजालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ मा र ईश्वर कुमार गिरीको पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश एकमा सरुवा भएको छ ।
यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको राष्ट्रिय किताबखानाबाट नेत्रप्रसाद सुवेदीको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालबाट राजेन्द्र पराजुलीको प्रदेश प्रमुखको कार्यालय जनकपुर, अर्थ मन्त्रालय वा अन्तर्गतबाट नारायण सापकोटाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा भएको छ ।
अर्थ मन्त्रालयबाटै श्रीकृष्ण नेपालको श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशमा, अर्थ मन्त्रालय वा अन्तर्गतबाट नै महेश आचार्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट श्रीराम तिवारीको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा सरुवा भएको छ ।
सरुवा भएका सहसचिवको सूची:




प्रतिक्रिया