काठमाण्डु– सरकारले एकैपटक ५९ जना सहसचिवहरुको सरुवा गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ५९ जना सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सरकारका निर्णय सार्बजनिक गर्दै सहसचिवहरुको सरुवा गरेको जानकारी दिए ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डीप्रसाद घिमिरे र राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुसाल, कृष्णकुमारी क्षेष्ठ, सुमन दाहाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका छन् । त्यहाँका अर्जुन भण्डारी, चक्र बुढा, कमल भट्टराईलाई बाहिर निकालिएको छ ।
यस्तै मदन दाहाल, यमुना प्रधान, गोपीकृष्ण कोइराला, महेश भट्टराईलाई अर्थ मन्त्रालय ल्याइएको छ भने अर्थ र अन्तर्गतका टंक पाण्डे, रितेश शाक्य, डुण्डी निरौला, नारायण सापकोटालाई अन्यत्र सरुवा गरिएको छ ।
परराष्ट्र मन्त्रालयको दरबन्दीमा रहेका नारायण भट्ट र नवराज ढुंगानाको पनि सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६३ जनाको सूची पठाएको थियो । यद्यपि, सबैमा निर्णय नभएको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएकाे छ ।
प्रतिक्रिया