मुगुमा कांग्रेसका ऐनबहादुर शाही विजयी


काठमाण्डु – मुगुमा प्रतिनिधि सभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएको छ । उनी १४ हजार ७ सय २ मत प्राप्त गर्दै विजयी भएको हो ।

कांग्रेस उम्मेदवार शाहीका प्रतिस्पर्धी नेकपा एमालेका राजबहादुर कार्कीले १० हजार ७ सय ८ मत प्राप्त गरेको छ । शाही र कार्कीबीच ३ हजार ९ सय ९४ मतान्तर रहेको छ । विजयीभएका शाही नेपाली कांग्रेस मुगुको सभापतिसमेत हो ।

त्यस्तै प्रदेश सभा (क) मा एमालेका जितबहादुर मल्ल विजयी भएको छ । उहाँले ६ हजार ६ सय १८ र सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले ५ हजार ५ सय ४५ मत प्राप्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement