सहिद गोविन्द गौतमकी आमाको मृत्यु, प्रमुख सचेतक लामाद्धारा परिवारप्रति समवेदना प्रकट

सहिद गोविन्द गौतमकी आमाको मृत्यु, प्रमुख सचेतक लामाद्धारा परिवारप्रति समवेदना प्रकट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय सीमा सुरक्षा बल (एसएसबी) को गोली लागेर सहिद भएका गोविन्द गौतमकी आमाको मृत्यु भएको छ । केही दिन अघि बिरामी भएर नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचारार्थ रहेकी सहिद गौतमकी आमा हरिदेवी गौतमको मृत्यु भएको हो ।

बिहिवार अस्पतालबाट डिस्चार्ज भएर घर ल्याएकी सहिद गौतमकि आमा हरिदेवी गौतमको शनिबार राती ८ बजे आफ्नै निवासमा मृत्यु भएको हो । यस्तै सुदूरपश्चिम प्रदेश सभाका सदस्य एवं नेकपा संसदीय दलका प्रमुख सचेतक तारा लामा तामाङले शहिद गौतमकी आमाको निधनप्रति भावपूर्ण श्रदान्जली तथा शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन् ।