शहीद स्मारक ए डिभिजन लिगको टिकट इसेवामार्फत काट्न सकिने

शहीद स्मारक ए डिभिजन लिगको टिकट इसेवामार्फत काट्न सकिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- शहीद स्मारक ए डिभिजन लिगको मार्केटिङ, ब्रोडकास्टिङ र टिकेटिङको जिम्मा पाएको एमडीएसी स्पोर्ट्सले टिकेटिङ पार्टनरको रुपमा इसेवासँग सम्झौता गरेको छ ।

दर्शकले फागुन १९ गतेदेखि सुरु हुने ए डिभिजन लिगको टिकट इसेवा मार्फत अनलाइन खरिद गर्न सक्नेछन् । दर्शकले इसेवाको एप डाउनलोड गरी वा इसेवाको वेबसाइटबाट सामान्य पाराफिटतर्फको रु. १०० र भीआईपी पाराफिटतर्फ रु ३०० रुपैयाँमा टिकट खरिद गर्न सक्नेछन् ।

दशरथ रंगशाला, च्यासल मैदान र एन्फा कम्प्लेक्स सातदोबाटो गरी ३ वटा रंगशालामा हुने १८२ खेलको सबै टिकट इसेवामा उपलब्ध हुने एमडीएसी स्पोर्ट्सका कार्यकारी अधिकृत अर्जुन घिमिरेले जानकारी दिए ।