काठमाण्डु– प्रहरी नायब निरीक्षक (सई) धनराज खतिवडा मृत फेला परेका छन् । ४९ बर्षीय खतिवडा भद्रपुर–८ मा रहेको जिल्ला प्रहरी कार्यालय झापाको ब्यारेकमा मृत फेला परेका हुन् ।
तीन तले ब्यारेकको माथिल्लो तलामा रहेको पानी ट्यांकी जाने फलामको भर्याङमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
नाइलनको डोरीको पासो लगाई झुण्डिएर मृत अवस्थामा पेला परेका खतिवडाको आफन्तहरुलाई जानकारी गराई कानुनी प्रकृयाको लागि तयारी भइरहेको जनाइएको छ ।
भोजपुर टेम्केमैयुङ घर भका खतिवडा मोरङ कानेपोखरी गाउँपालिका–७ बस्दै आएका थिए । उक्त सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया