उपचारका लागि सशस्त्रका महानिरीक्षक खनाल दिल्ली उडे

उपचारका लागि सशस्त्रका महानिरीक्षक खनाल दिल्ली उडे


काठमाण्डु – सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल भारत प्रस्थान गरेका छन् । घाँटीको नसामा रगत जम्ने समस्या देखिएपछि उपचारका लागि उनी आजै दिउँसो ३ बजे भारतको नयाँ दिल्ली प्रस्थान गरेका हुन् ।

उनको आजै सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा गरिएको परीक्षणमा घाँटीको नसामा रगत जम्ने समस्या देखिएको थियाे । खनाल निकट स्रोतका अनुसार महानिरीक्षक खनालसँगै डा रोशन झा पनि दिल्ली उडेका छन् ।