सैनिक भर्नामा अनियमितता, ३ अधिकृतसहित ११ बर्खास्त

सैनिक भर्नामा अनियमितता, ३ अधिकृतसहित ११ बर्खास्त

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली सेनाको भर्ना प्रक्रियामा अनियमितता गर्ने ३ अधिकृतसहित ११ जना बर्खास्त भएका छन् । अन्य १६ अधिकृतसहित १६२ जना दोषी ठहर भएका छन् ।

२०७३ देखि ०७५ सम्म विभिन्न पदमा भर्नाका क्रममा अनियमितता भएको भन्दै २३ अधिकृतसहित १ सय ८७ जनाविरुद्ध कोर्ट मार्सल सुरु गरेकोमा सैनिक अदालतले उनीहरुलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी कारबाही गरेको हो । ४ अधिकृतसहित १४ जनाले भने सफाइ पाएका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।