पाकिस्तानमा झडप : तीन सैनिक र तीन आतङ्ककारीको मृत्यु


इस्लामाबाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बल र आतङ्ककारीबीच भएको भीडन्तमा तीन सुरक्षाकर्मी र तीन आतङ्ककारीको मृत्यु भएको छ ।

आतङ्ककारिसँगको गोली हानाहानमातीन तीनजना सैनिकले पनि ज्यान गुमाएका छन् । मारिएका आतङ्ककारीहरूबाट हतियार र गोलाबारुद बरामद गरिएको छ ।

यस क्षेत्रमा फेला परेका अन्य आतङ्कवादीहरूलाई हटाउनको कारबाही तीव्र पारिएको छ ।-सिन्ह्वा

प्रतिक्रिया दिनुहोस
Advertisement