सैनिक मञ्चमा सेनाले गर्‍यो फूलपाती बढाइँ

सैनिक मञ्चमा सेनाले गर्‍यो फूलपाती बढाइँ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कठमाण्डु – राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली सेनाद्वारा आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित फूलपाती बढाइँ समारोहमा सरिक भएकी छिन् । समारोहमा नेपाली सेनाको टुकडीले उनलाई सलामी अर्पण गरेको थियो ।

सो अवसरमा सेनाले फूलपाती बढाइँ कवाजअन्तर्गत राइफलबाट छिटो लहरे र एकठ्ठा बढाइँ ग¥यो । तोपबाट पनि लहरे र एकठ्ठा बढाइँ प्रस्तुत गरियो । बढाइँ कार्यक्रममा सैनिक हेलिकोप्टरले पुष्पवृष्टि गरेको थियो । समारोहमा सैनिक ब्याण्डले ‘रातो र चन्द्रसूर्य जङ्गी निशान हाम्रो’ बोलको राष्ट्रिय गीत र दुर्गा भजनको धुन प्रस्तुत गरेको थियो ।

कोभिड-१९ को संक्रमणलाई ध्यानमा राख्दै यस पटकको कार्यक्रमलाई प्रतिकात्मक रुपमा मात्रै मनाइएको र विगतको भन्दा धेरै सानो टुकुडीले मात्र बढाईं कवाज प्रदर्शन गरेको थियो भने सहभागिहरुको संख्या पनि न्यून राखिएको थियो ।

नेपाली सेनाद्वारा आयोजित उक्त फूलपाती बढाईं समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री तथा रक्षामन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, मन्त्री गण, संवैधानिक अङ्गका प्रमुखहरु, नेपाल सरकारका मुख्य सचिव तथा सचिवहरु, अन्य सुरक्षा निकायका प्रमुखहरु, नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु, पूर्व प्रधानसेनापतिहरु, बहालवाला रथीवृन्द लगायत सिमित सञ्‍चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

यस अघि जंगी अड्डामा आयोजित एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाबाट सहायक रथी र महा सेनानी दर्जामा पदोन्नती हुनेहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुको साथै १४ जना प्रमुख सुवेदार र सुवेदारहरुलाई मानार्थ उप सेनानी दर्जाको चिन्ह तथा श्री नं। १४ बाहिनी अड्डालाई प्रधानसेनापति प्रशंसा पत्र प्रदान गरेका थिए ।

सोही क्रममा श्री नं। १४ बाहिनी अड्डा, श्री नेपाली सेना मेडिकल कोर, श्री वीरेन्द्र अस्पताल लगायत ३९ जना नेपाली सेनाका सकल दर्जा, सीसीएमसीका संयोजक सचिव, रक्षा संवाददाता पत्रकारहरु र गैह्र सैनिक व्यक्तिहरु गरी ६ जनालाई प्रधानसेनापति प्रशंसा निशान पदक समेत प्रदान गरेका थिए ।