सैनिकमञ्च टुडिखेलमा यसरी मनायो नेपाली सेनाले सैनिक दिवस (फोटो फिचर)

सैनिकमञ्च टुडिखेलमा यसरी मनायो नेपाली सेनाले सैनिक दिवस (फोटो फिचर)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली सेना दिवसको अवसरमा सैनिक मञ्च टुडिखेलमा विशेष कार्यक्रम गरी मनाइएको छ । सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

सैनिक मञ्चको समारोहमा परेड (शस्त्राभ्यास) र तोप बढाइँ, विपद् व्यवस्थापन अभ्यास तथा इज्जत अर्पण कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन भएका छन्। सेनाको प्रयोगमा रहेका हात हतियार र उपकरणको प्रदर्शनी तथा सातै प्रदेशको सांस्कृतिक भेषभूषा र रहनसहन झल्कने झाँकी समेत प्रस्तुत गरिको नेपाली सेनाका प्रवक्ता यामप्रसाद ढकालले जानकारी दिए।

 

 

यस्तै सेनाले प्यारासुटका माध्यमबाट फ्रि फल जम्पको समेत प्रदर्शन गरेको छ । कार्यक्रममा ७ वटै प्रदेशको संस्कृतिलाई देखाउने झाँकी प्रदर्शन गरिएको थियो । कार्यक्रममा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख, उपसभामुख मन्त्रीहरु लगायतको सहभागिता रहेको थियो ।दिवसका अवसरमा कला कौशलमा उत्कृष्ट गण तथा गुल्मलाई प्रधानसेनापति पूर्णचन्द थापाले पुरस्कृत गरेका थिए ।