काठमाडौं – रक्षा मन्त्रालयले सैनिक नियमावाली संशोधन गर्न सहचिवको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ। रक्षा मन्त्रालयको कानुन महाशाखा प्रमुख सहसचिव ऋषि राजभण्डारीको संयोजकत्वमा सैनिक सेवा नियामावली २०६९ संशोधनका लागि कार्यदल गठन भएको हो ।
रक्षा मन्त्रलायका प्रवक्ता बाबुराम गौतमका अनुसार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट सैनिक नियमावली संशोधन गर्न कार्यदल गठन गरेका हुन्।
कार्यदलमा रक्षा मन्त्रलाको नीति योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा र मानव संशासन विकास महासाखा प्रमुख नेपाली सेनाको व्यवस्था नीति तथा योजना महानिर्देशनालय र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधि सदस्य तथा रक्षा मन्त्रालयकै कानुन सेवाका उपसचिव सदस्य सचिव तोकिएको छ।
सैनिक अधिकृत तथा जनावको सरुवा बढुवा तथा वृत्तिविकासलगायतका विषयलाई समयानुकुल बनाउन नियमावली संशोधन कार्य अघि बढाइएको रक्षा मन्त्रलायले जनाएको छ। यो खबर आजको कारोबार दैनिकमा छ।




प्रतिक्रिया