सैनिकलाई आक्रमण गर्ने नरभक्षी बाघ नियन्त्रणमा

सैनिकलाई आक्रमण गर्ने नरभक्षी बाघ नियन्त्रणमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवन राष्ट्रिय निकुञ्जले शनिबार दिउँसो नरभक्षी बाघलाई नियन्त्रणमा लिएको छ ।

निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै शुक्रबार साँझ नेपाली सेनाका पियूठलाई आक्रमण गरेको अन्दाजी नौ वर्षको पोथी बाघलाई नियन्त्रणमा लिइएको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सो बाघलाई नियन्त्रणमा लिई घडीयाल प्रजनन् केन्द्रको आडमा रहेको काठको खोरमा राखिएको छ ।

बाघले कार्यक्षेत्रमा रहेका वटुकदल गणका पियूठ फैजाराज विकलाई आक्रमण गरेको थियो । बाघको आक्रमणबाट विक गम्भीर घाइते छन् । घाइते विकलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

बाघले विकलाई निकुञ्जको मुख्य कार्यालयबाट करीब १५० मिटर टाढा आक्रमण गरेको थियो । खोरमा राखिएको बाघको गतिविधि हेर्नका लागि सिसी क्यामेरा जडान गरिएको छ । रासस