३८ जना सवार सैन्य विमान बेपत्ता


चिली – ३८ सवार अन्टार्कटिकातर्फ गइरहेको चिलीको वायुसेनाको विमान उडेको केही समयमै बेपत्ता भएको चिलीको वायु सेनाले जनाएको छ ।

सी–१३० हर्कुलस मालवाहक विमान स्थानीय समय अनुसार दिउँसो ४ः५५ मा पुन्टा अरेनासबाट उडेको थियो । हराइरहेका मध्ये १७ जना क्रु सदस्य भएको र २१ जना यात्रु थिए ।

चिलीको वायु सेनाल विमान फेला पार्न र हराइरहेकाको खोज र उद्धार अपरेसन सञ्चालन सुरु गरिसकिएको जनाएको छ । न्यूज एजेन्सी ईएफईले यात्रामा रहेका मध्ये ३ सर्वसाधारण रहेको जनाएको छ ।

चिलीका राष्ट्रपति सेबास्टियन पिरेराले ट्वीट गर्दै आफू विमान हराएकोमा दुःखी भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement